Health TV Online
Health TV Online
Health TV Online

अनशन नबस्न डा. केसीलाई समिति सभापति घर्तीकाे आग्रह

अनशन नबस्न डा. केसीलाई समिति सभापति घर्तीकाे आग्रह

काठमाडौं : शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले अनशन नबस्न डा. गोविन्द केसीलाई आग्रह गरेकी छिन्। चिकित्सा शिक्षा विधेयक छिटै टुंगो लाग्ने भन्दै उनले डा. केसीलाई अनशन नबस्न आग्रह गरेकी हुन्।

‘डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिलाई आधार मानेर नै विधेयक ल्याउने विषयमा सहमति जुटेकोछ,’ उनले भनिन्, ‘त्यसकारण अनशन नबस्न उहाँलाई आग्रह गर्दछु।’

उपसमितिमा छलफल लम्बिएका कारण केही ढिला भएको र अब छिटै विधेयकलाई टुंगोमा पुर्याउन निर्देशन पनि दिएको उनले जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार