Health TV Online
Health TV Online
Health TV Online

डा. केसीसँग भएको सहमतिविपरीत तयार हुँदै चिकित्सा शिक्षा विधेयक

डा. केसीसँग भएको सहमतिविपरीत तयार हुँदै चिकित्सा शिक्षा विधेयक

काठमाडौं : डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिविपरीत शिक्षा तथा स्वास्थ्य समितिले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिनेसक्ने गरी चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन तयार पारेको छ।

गत साउन १० गते सरकार केसीसँग गरेको सहमतिमा काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने र एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने उल्लेख थियो।

‘यो ऐन प्रारम्भ हुनुअघि सम्बन्धन पाइसकेका आशयपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला बाहेकका शिक्षण संस्थाको स्थापना र सञ्चालन गर्न यो उपदफाले बाधा पुग्ने छैन’ भन्ने दफा राखेर प्रतिवेदन बनाइएको छ।

‘उपत्यका बाहिर सम्बन्धन दिने सम्बन्धमा चिकित्सा शिक्षा आयोगले नीति बनाएर लागू गर्नेछ’ भन्ने बुँदा पनि उल्लेख छ। प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक पास भए झापाको बी एण्ड सी मेडिकल कलेजले पनि सम्बन्धन पाउनेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार