अनशन बस्न केही व्यक्तिले डा. केसीलाई उक्साइरहेका छन् : मन्त्री पोखरेल
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सक डा. गोविन्द केसीलाई केही व्यक्तिले अनशन बस्न उक्साएको टिप्पणी गरेका छन्।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको उपसमितिमा मन्त्री पोखरेलले डा. केसीलाई अनावश्यक उचालिएको धारणा राखेका हुन्। अनशन बस्न डा. केसीलाई कसले प्रेरित गरिरहेकाे छ भन्ने विषयमा भने उनले केही बताएनन्।
मन्त्री पोखरेलले उपसमितिलाई डा. केसीसँग गरेका सहमति अनुसार प्रतिवेदन तयार गर्न आग्रह गरेका छन्। उनले नयाँ मेडिकल कलेज खोल्नेबारेको व्यवस्था डा. केसी र सरकारबीच भएको सहमति अनुसार गरिदिन माग गरेका हुन्।
डा. केसी मंगलबार १६औँ अनशन बस्नका लाग इलाम पुगेका छन्। चिकित्सा शिक्षाका विषय विभिन्न माग राख्दै डा. केसी १५ पटक अनशन बस्दै आएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’