Health TV Online
Health TV Online
Health TV Online

डा. केसीको १६औँ अनशन इलाममा

डा. केसीको १६औँ अनशन इलाममा

काठमाडौं : प्रा. डा. गोविन्द केसी १६औँ अनशन इलाममा बस्ने भएका छन्। अनशनको बन्दोबस्त मिलाउन लागि उनी मंगलबार इलाम पुगेका छन्।

यसअघि भएको सम्झौता पूरा गर्न दिएको समयसीमा सकिएपछि सरकारलाई दबाब दिन इलाम पुगेर उनले अनशन शुरु गर्न लागेका हुन्। यसअघि उनी १५औँ अनशन जुम्लामा बसेका थिए।

यसअघि उनले आफ्ना माग पूरा गर्न पुस २ गतेसम्मको ‘अल्टिमेटम’ दिएका थिए। तर स‌ंसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले केही समय दिन आग्रह गरेपछि १७ गतेसम्मको समयसीमा दिएका थिए।

मंगलबार पनि माग पूरा गर्ने कुनै संकेत नभएपछि उनले १६औँ अनशन शुरु गर्न लागेका हुन्। डा. केसीसँग सरकारले विगतमा गरेको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छैन।

केसी गतअसार १६ गते १५औँ अनशन जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए। पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो। उनको १५औँ अनसन २७ दिनमा तोडिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार