सुत्केरीको न्यानो झोलामा के के होला ?
हुम्ला : सुत्केरी अवस्थामा आमा र नवजात शिशुको सुरक्षाका लागि भन्दै न्यानो झोला उपहार दिन थालिएको छ ।
सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउन आउनेलाई आमा र नवजात शिशुको स्याहारसुसारमा सहयोग पुर्याउने उद्देश्यले सरकारले नै न्यानो झोला उपहार दिने कार्यक्रम ल्याएको हो। उपहारस्वरूप दिइने न्यानो झोलामा आमालाई एक जोर लुगा, बच्चालाई टोपी, र नेम्फिन दुई दुई जोरको व्यवस्था गरिएको हुन्छ।
स्वास्थ्य संस्थामा प्रसूति हुँदा प्रोत्साहन रकमसँगै न्यानो झोला उपहार पाइने भएपछि हुम्ला जिल्ला अस्पतालमा गत वर्षभन्दा यो वर्ष सुत्केरीको सङ्ख्या बढेको छ। स्वास्थ्य संस्थामा प्रसूति हुने महिलालाई न्यानो झोला उपहार दिने गरिएको उक्त अस्पतालका निमित्त प्रमुख डा. टर्सी लामाले जानकारी दिए।
गुणस्तरीय स्वास्थ्य सेवा र प्रोत्साहन रकमसँगै न्यानो झोला दिने गरिएकाले यो वर्ष सुत्केरीको सङ्ख्या बढेको उनले बताए। गत वर्ष २०६ जनाले जिल्ला अस्पतालबाटै बच्चा जन्माएका थिए ।
हाल छ महीनाको अवधिमा १२० सुत्केरीले उक्त अस्पतालबाट सेवा लिएको डा. लामाले बताए। गर्भवती भएको समयमा चार पटकसम्म जाँच गराउने ५० महिला छन्।
अस्पतालमा सुत्केरी गराउन आउने महिलालाई तीन हजार रुपैयाँ दिने व्यवस्था भएकामा चार पटक जाँच गराउन आउने महिलालाई ८०० रुपैयाँ थप दिने गरिएको अस्पतालले जनाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’