राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवाशुल्क बढायाे
दाङ : घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवाशुल्क बढाएको छ। यसअघि २५ रुपै याँ रहे को ओ पीडीको शुल्क १०० र ३० रहे को इमर्जे न्सीको शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि दिँदै आइएको सुत्के री निःशुःल्क सेवा र भत्ता बन्द गरेकाे जनाइएको छ।
यस्तै सुत्केरीको अवस्था हेरी तीनदेखि १२ हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने भएको छ। यसअघि निःशुःल्क रहेको शय्या शुल्क प्रतिदिन २२० लाग्नेछ। यस्तै, भिडियो एक्सरे शुल्क ५०० मा १०० रुपैयाँ बढाइएको छ। मुख्य शल्यक्रिया पाँच हजारबाट १२ हजार, मध्यम शल्यक्रिया एक हजार ५०० बाट छ हजार ६००, माइनर शल्यक्रिया एक हजारबाट दुई हजार ५०० पुर्याइएको छ।
प्रतिष्ठाले दिने सबै सेवाको शुल्क मंगलबारदेखि लागू हुने नयाँ शुल्कअनुसार बढाएको हाे। प्रतिष्ठानमा ने पाल सरकारले कुनै पनि बजे ट नदिने र आफ्नो आम्दानीबाट बजेट जुटाउनुपर्ने भएकाले शुल्क बढाए को प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले बताइन्।
यसअघि सुत्के री महिलाले पाउने आमा सुरक्षा कार्यक्रमको बजे ट पनि प्रदे श सरकारले राखे को र प्रतिष्ठानमा दिन नमिल्ने बताएकाले सुत्के री से वा निःशुल्क दिन नसकेको उनको भनाइ छ। सेवा शुल्क बढाएका प्रति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समिति र राजनीतिक दलहरुले आपत्ति जनाएका छन्।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?