नुवाकोटमा एचआईभी सङ्क्रमित बढ्दै
विदुर : नुवाकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या महिनैपिच्छे बढेको पाइएको छ।
एचआईभी सङ्क्रमितको पहिचान, हेरचाह र परामर्शमा क्रियाशील त्रिशुली प्लस संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा दुई हजार ५०० एचआईभी सङ्क्रमित रहेका छन्। यसमध्ये ३८८ जनाले एचआईभी सङ्क्रमण न्यूनीकरणको ‘एआरटी’ नामक औषधि नियमितरुपमा सेवन गरिरहेको संस्थाकी कार्यक्रम संयोजक पूजा भण्डारीले बताइन्।
एआरटी नामक औषधि नियमितरूपमा सेवन गर्नेमा ३० जना बालबालिका, १७४ महिला, १८४ पुरुष रहेका छन्। तीमध्ये १२१ जनाले जिल्ला अस्पताल त्रिशुलीबाट र अन्यले काठमाडौंबाट औषधि निःशुल्क लिई सेवन गरिरहेका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने