नुवाकोटमा एचआईभी सङ्क्रमित बढ्दै
विदुर : नुवाकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या महिनैपिच्छे बढेको पाइएको छ।
एचआईभी सङ्क्रमितको पहिचान, हेरचाह र परामर्शमा क्रियाशील त्रिशुली प्लस संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा दुई हजार ५०० एचआईभी सङ्क्रमित रहेका छन्। यसमध्ये ३८८ जनाले एचआईभी सङ्क्रमण न्यूनीकरणको ‘एआरटी’ नामक औषधि नियमितरुपमा सेवन गरिरहेको संस्थाकी कार्यक्रम संयोजक पूजा भण्डारीले बताइन्।
एआरटी नामक औषधि नियमितरूपमा सेवन गर्नेमा ३० जना बालबालिका, १७४ महिला, १८४ पुरुष रहेका छन्। तीमध्ये १२१ जनाले जिल्ला अस्पताल त्रिशुलीबाट र अन्यले काठमाडौंबाट औषधि निःशुल्क लिई सेवन गरिरहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’