अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल
जुम्ला : चन्दननाथ नगरपालिकाले अस्पतालमा सुरक्षितरुपमा सुत्केरी हुने आमालाई प्रोत्साहनस्वरुप न्यानो झोला र कम्बल उपलब्ध गराइन थालेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी हुन आउने आमा र शिशुको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि न्यानो झोला र कम्बल उपलब्ध गराउन थालेको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई सुरक्षित मातृत्वको सामग्री हस्तान्तरण गरे। उनकाअनुसार २५० थान न्यानो झोला र २५० थान कम्बल उपलब्ध गराइएको छ।
सुत्केरी हुन नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा आउनका लागि प्रेरित गराउने उदेश्यले उक्त कामको थालनी गरिएको प्रमुख सेजुवालले जानकारी दिए।
अहिलेसम्म नगरपालिकाबाट प्रविधितर्फ तीन लाख र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमाको यातायात खर्चका लागि ३० लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’