क्षणिक आवेग र उत्तेजनामा नआउन डा. केसीलाई नेता भट्टराईको आग्रह
काठमाडौं : नेकपाका नेता तथा संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले क्षणिक आवेग र उत्तेजनामा कुनै निर्णय नलिन डा. गोविन्द केसीलाई आग्रह गरेका छन्।
संसदीय समितिमा छलफलमा रहेको चिकित्साशिक्षा विधेयकलाई लिएर डा. केसीसँग प्रत्यक्ष रूपमा सवाल–जवाफ हुन नपाएको भन्दै भट्टराईले यस्तो आग्रह गरेका हुन् ।
उनले उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने र सिटिइभिटीका विषयमा लचिलो बनेर विधेयकलाई टुंग्याउने विषयमा विचार गर्न समेत डा.केसीलाईसुझाव दिए।
चिकित्साशिक्षा विधेयकका सन्दर्भमा डा.केसीले समितिका सदस्यहरुसँग छलफल गर्न अस्वीकार गरेपछि आफूले उनलाई सार्वजनिक माध्यमबाट ध्यानाकर्षण गराएको नेता भट्टराईले बताए।
यो विषयमा सार्वजनिक माध्यमबाटै भए पनि डा. केसीले टिप्पणी गर्नुलाई आफूले सकारात्मक रुपमा लिएको उनको भनाइ छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’