काठमाडाैंकाे तापक्रम शून्यमा
काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान पाैने ९ बजेकाे गरेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस छ।
तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने अनुमान छ। मौसमविद् समीर श्रेष्ठ प्राकृतिक कारणसँगै जम्मु कश्मीरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताए। उनले यसबाहेकका सहायक कारणले पनि चिसो बढाइरहेको बताए।
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि माइनसमा झर्ने सम्भावना नरहेको मौसमविद् बताउँछन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशकै सबैभन्दा बढी चिसो जुम्लामा छ । सोमबार बिहान पाैने ९बजे गरिएको रेकर्डअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री मापन भएको छ। दिउँसोको समयमा भने यहाँको तापक्रम बढ्ने गरेको छ।
महाशाखाले दिउँसो यहाँको अधिकतम तापक्रम १४.४ पुग्ने प्रक्षेपण गरेको छ। दिपायलको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस छ। सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको न्यूनतम तापक्रम २.८ छ। देशका धेरैजसो क्षेत्रको न्युनतम ताक्रम ४ र ५ डिग्री सेल्सियसको बीचमा छ।
ओखलढुंगामा ७ र धनकुटामा भने ६.६ डिग्री सेल्सियस छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’