माेरङमा पनि स्वास्थ्य बिमा कार्यक्रम
विराटनगर : मोरङका सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ। विराटनगर महानगरपालिका लगायत १७ वटै स्थानीय तहमा यही पुस मसान्तसम्म स्वास्थ्य बिमामा नाम दर्ता गर्नेगरी काम अघि बढेको प्रदेश १ काे स्वास्थ्य बिमा बोर्डले जनाएको छ।
गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम विस्तार भएर चालु आर्थिक वर्षदेखि मोरङ, खोटाङ र भोजपुरमा विस्तार भएको हो। यो समेत प्रदेश १ का सात जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ।
स्वास्थ्य बिमा कार्यक्रम लागू भएको मोरङमा वडाहरूमा दर्ता सहयोगी नियुक्त गर्नुपर्ने र त्यसलगत्तै नाम दर्ताको काम सुरु हुने सहसंयोजक दुर्गाप्रसाद आचार्यले जानकारी दिए।
यसअघि इलाम, झापा, सुनसरी, सोलुखुम्बु र खोटाङमा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको थियो। प्रदेश १ मा सबैभन्दा पहिले इलाममा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको थियो। ०७३ असार १५ शुरु भएको कार्यक्रम झापा, सुनसरी र सोलुखुम्बुमा ०७४ असोज २५ मा विस्तार भएको थियो भने भोजपुर र खोटाङमा यही पुसमा शुरु भएको हाे।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र