आयुर्वेदमा दरबन्दी माग्दै स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण
काठमाडौं : आयुर्वेदका दरबन्दी अवैज्ञानिक रूपमा कटौती गरेको र अत्यावश्यक स्थानमा समेत दरबन्दी नदिएको भन्दै आयुर्वेदका तीन संगठनले नाै बुँदे मागसहित सरकारको ध्यानाकर्षण गरेका छन्।
नेपाल आयुर्वेद चिकित्सक संघ, सिभिल आयुर्वेद चिकित्सक संघ र आयुर्वेद स्वास्थ्यकर्मी समाजले तत्काल दरबन्दी कायम राख्न र नयाँ दरबन्दी थप गर्न माग गर्दै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।
उनीहरूले संयुक्त रूपमा नौबुँदे माग राखेका छन्। ‘नयाँ संरचनामा जथाभावी रूपमा दरबन्दी काटिएको छ जुन हामीलाई मान्य छैन’, नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले भने।
उनीहरूले सबै स्थानीय तहमा कम्तीमा एक वटा दरबन्दी सृजना गर्नुपर्ने, सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५,६र७ तहको दरबन्दी काटिएकाले पुनः कायम गर्नुपर्ने, प्रदेश स्वास्थ्य निर्देशनालयमा आठाैँ तहको आयुर्वेद चिकित्सकको दरबन्दी थप गर्नुपर्ने लगायतमाग राखेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा