सुत्केरीलाई एक किलाे घिउ
रूपन्देही : जिल्लाकाे एक सहकारी संस्थाले सेयर सदस्य वा श्रीमती सुत्केरी भए एक किलो घिउ दिने गरेको छ।
जिल्लाको सैनामैना नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष ३२ सुत्केरीलाई सो सुविधा दिएको जनाएको छ। तीन वर्षदेखि लागू भएको याे कार्यक्रम दुई बच्चा हुँदा मात्रै लागू हुने जनाइएको छ।
अहिलेसम्म ९५ जना सुत्केरीले यो सुविधा लिएका छन्। २०६० सालमा स्थापना भएको यो सहकारीले आफ्ना सदस्यका नवजात शिशुका लागि २०० रुपैयाँको बाल बचत खाता खोल्ने कार्यक्रम पनि शुरू गरेको छ।







बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी