चालक र सहचालकको आँखा र ब्लडप्रेसर जाँच
सल्यान : जिल्लामा दुर्घटना कम गर्न भन्दै चालक र सहचालकको आँखा र ब्लडप्रेसर जाँच गरिएको छ।
कामको चापले प्रेसर बढ्ने र आँखा कमजोर भएर दुर्घटना हुन सक्ने भन्दै शनिबार चालक र सहचालकका आँखा र प्रेसर जाँच गरिएको ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले जानकारी दिए।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी जिल्लाका यात्रुबाहक सवारीका सम्पूर्ण चालक र सहचालकहरूको आँखा र प्रेसर जाच गरिएको उनको भनाइ छ।
शिविरमा जाँच गरिएका १३० जनामध्ये १४ जनामा प्रेसर बढी भएको पाइएको छ भने १५ जनामा आँखाको समस्या देखिएको शिविरमा खटिएका आँखा उपचार केन्द्र शीतलपाटी सल्यानका डाक्टर पदमराज पन्तले जानकाारी दिए।
१४ जना प्रेसरका बिरामीहरूलाई समयसमयमा जाँच गर्नुपर्ने र १५ जनामा आँखाका समस्या देखिएकाहरूलाई चस्मा लगाएर आँखाको ख्याल गर्नुपर्ने सुझाव दिइएको छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै