Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुत्केरीलाई गाउँपालिकाले दिने भयाे ताेरीकाे तेल

सुत्केरीलाई गाउँपालिकाले दिने भयाे ताेरीकाे तेल

काभ्रेपलाञ्चोक : खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ।

मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइ त्यहीँ सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरिएको वडाअध्यक्ष क्षेत्रबहादुर घ्यावाले जानकारी दिए। ‘शुद्ध तोरीको तेल मालिसले शिशु र आमा स्वस्थ रहुन् भन्ने उद्देश्यले यस्तो निर्णय गरेका हौँ’, उनले भने।

वडाअध्यक्ष घ्यावाले धाँमी झाँक्रीको विश्वास गर्दा अकालमै ज्यान गुमाउनु परेको बताए। बाल मृत्युदर घटाउन ‘सुत्केरी उपहार’ कार्यक्रम सञ्चालन गर्न लागिएको उनकाे भनाइ छ । ‘स्वास्थ्य संस्थाप्रति महिलाको आकर्षण बढाउन कार्यक्रम ल्याएका हौँ’, उनले भने।

पाँचखाल नगरपालिकाले अनैकोट स्वास्थ्य चौकीमा, मण्डन देउपुर नगरपालिकाले ज्याम्दी स्वास्थ्य चौकीमा र पनौती नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ सञ्चालन अनुमति मागेको जिल्ला स्वास्थ्य समन्वय एकाइ प्रमुख नन्दराज अवस्थीले जानकारी दिए। काभ्रपलाञ्चोकमा हाल ३५ स्थानमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार