चिकित्सा शिक्षा विधेयकका दुई विषयमा डा. केसीकाे असहमति, पुनः अनशन थाल्ने
काठमाडौं : चिकित्सा शिक्षा विधेयकका दुई विषयमा असहमति जनाउँदै डा. केसीले पुनः अनशन थाल्ने भएका छन्।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको विधेयकमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) र मेडिकल कलेजको सम्बन्धनका विषयमा आफूले भनेजस्तो नभएको भन्दै केसीले असहमति जनाएका हुन् ।
डा. केसीले आफ्नो माग अनुसार विधेयक नआए पुस १७ गतेदेखि अनशन शुरू गर्ने बताएका छन्। समितिले डा. केसीकै माग अनुसार विधेयक निर्माण भएको दाबी गर्दै आएपनि उनले भने सीटीईभीटी र मेडिकल कलेजका विषय आफ्नो माग अनुसार नभएको जिकिर गरेका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीसँगको सम्झौता अनुसार सीटीईभीटीसँग सम्बन्धित विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि विधेयकले अन्तिम रूप लिन सकेको छैन ।
यसैबीच स्वास्थ्य समितिका सदस्यहरू कांग्रेसका नेता गगन थापा, नेकपाका योगेश भट्टराई र खगराज अधिकारीसँगको वार्ता डा. केसीले अस्वीकार गरेका छन्। सहमति हुन नसकेका विषयमा समितिका सदस्यहरू थापा, भट्टराई र अधिकारीले डा. केसीसँग छलफल गर्ने तय भएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण