सुत्केरीलाई उपप्रमुखको कोसेली : घिउ र अण्डा
बैतडी : मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चौडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ अभियान सञ्चालन गरेको छ।
सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिए। कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलाले उपप्रमुखको तर्फबाट पोषण तथा सरसफाइ प्रवर्धन किट प्राप्त गर्नेछन्। बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत यो कार्यक्रम लागु भएको हो ।
चार पटक गर्भवती जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र सुत्केरी भएपश्चात सात दिनसम्म कम्तीमा तीन पटक सुत्केरी जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड पूरा गरेका महिलालाई उपप्रमुखको कोसेली प्रदान गरिनेछ। सुत्केरी भएका महिलाले मापदण्ड पूरा गरे नगरेको सम्बन्धित स्वास्थ्य संस्थामा अभिलेख रहने बताइएको छ।
मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्न पोषण तथा सरसफाइ सामग्रीसहितको झोला उपप्रमुखको तर्फबाट सुत्केरी महिलालाई प्रदान गरिने नगरपालिकाले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण