Health TV Online
Health TV Online
Health TV Online

राम्रो सेवासुविधा नदिने काम मात्र उत्कृष्ट खोज्ने भन्दै सरकारी चिकित्सक संघकाे विरोध

राम्रो सेवासुविधा नदिने काम मात्र उत्कृष्ट खोज्ने भन्दै सरकारी चिकित्सक संघकाे विरोध

काठमाडौं : सरकारले राम्रो सेवासुविधा नदिएको भन्दै सरकारी चिकित्सक संघले विरोध जनाएको छ। वीर अस्पताल प्रांगणमा सोमबार आयोजित कार्यक्रममा सरकारी चिकित्सकहरूले सरकारले सेवासुविधा राम्रो नदिएकाे तर काम मात्रै उत्कृष्ट खोज्ने गरेको भन्दै आपत्ति जनाएका हुन्।

संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले स्वास्थ्य सेवाबाट बनेका सबै सचिव कमजोर हुन्छन् भन्ने मानसिकता त्याग्न सरकारसँग आग्रह गरे। यसैगरी उनले कर्मचारी समायोजन ऐन पनि चिकित्सकका लागि विभेदकारी रहेको बताए। त्यसलाई संशोधन गर्नुपर्ने उनकाे माग छ। उनीहरुले समायोजन अध्यादेश, स्वास्थ्य सचिव नियुक्ति, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपति नियुक्ति तथा चिकित्सकका सेवा सुविधा लगायतका मागहरु राखेका छन्।

उनीहरूले प्रतिष्ठानमा बाहिरको व्यक्तिलाई उपकुलपति नियुक्त गर्ने सरकारको योजनाकाे पनि विराेध गरे। आफूहरू अहिले शान्तिपूर्ण रूपमा सांकेतिक विरोधमा उत्रिएको भन्दै उनीहरूले माग सुनुवाइ नभए सेवा ठप्प पारेर आन्दोलन गर्ने चेतावनी दिए। विराेध कार्यक्रममा सरकारी अस्पतालमा कायर्रत  चिकित्सकहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार