स्वास्थ्य मन्त्रालयका दुई सचिवको कार्यकक्ष व्यवस्थापन, काम बाँडफाँड मन्त्रिपरिषदले गर्ने
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई सचिवको कार्यकक्ष व्यवस्थापन भएको छ। दुई सचिवका कारण कार्यकक्षमा कहिले डा. पुष्पा चौधरी त कहिले केदारबहादुर अधिकारी बस्दै आएका थिए।
शुक्रबार कार्यकक्षमा डा. चौधरी बसेकी थिइन् भने आइतबार अधिकारी। तर, सोमबार मन्त्रालयले सचिव चौधरीलाई पहिलाकै कार्यकक्षमा र अधिकारीलाई मन्त्रीका प्रमुख सल्लाहकार डा. केके राई बस्ने कोठामा व्यवस्थापन गरेको हो।
कोठासँगै मन्त्रालयले सचिव डा. चौधरीलाई स्वास्थ्य र अधिकारीलाई जनसंख्या र प्रशासनको जिम्मा दिने भएको छ। कामकाे जिम्मेवारी भने साेमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ। सचिवकाे टुंगाे नलागेका कारण मन्त्रालयकाे कामकाज प्रभावित भएकाे छ।
मन्त्रिपिरषद्काे निर्णय नआएसम्मका लागि सम्पूर्ण जिम्मेवारी सचिव अधिकारीलाई दिइएकाे छ।







अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’