गाउँपालिकालाई शून्य ‘होम डेलिभरी’ बनाउन सुत्केरीलाई दुई हजार ५०० रुपैयाँ
पाल्पा : माथागढी गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषण खर्च रकम प्रदान गर्दै आएको छ। मान्यताप्राप्त स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुन प्रोत्साहन गराउन र गाउँपालिकालाई शून्य ‘होम डेलिभरी’ बनाउन सुत्केरी पोषण खर्चबापत प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ प्रदान गरेको हो।
आर्थिक वर्ष २०७४ ७५ को पहिलो गाउँसभाबाट पारित गरी सुत्केरी पोषण खर्च वितरण कार्य सुरु गरिएको हो। गत वर्ष २८० महिलालाई दुई हजार ५०० रुपैयाँका दरले सुत्केरी पोषण खर्च वितरण गरिएको गाउँपालिकाले जनाएको छ। यो आर्थिक वर्षको साउनदेखि हालसम्म ११४ जना सुत्केरी महिलालाई प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए।
उनका अनुसार यो वर्ष गाउँपालिकाले सुत्केरी पोषण खर्च कार्यक्रमअन्तर्गत आठ लाख ५० हजार रुपैयाँ रकम विनियोजन गरेको छ। गाउँपालिकाका आठ वडामध्ये सात वडामा मात्र स्वास्थ्यचौकी सञ्चालनमा रहेकामा अहिले सबै वडामा स्वास्थ्य सेवा पुर्याउनका लागि वडा नं. ५ मा गाउँपालिकाले नै स्वास्थ्यचौकी सञ्चालनमा ल्याएको छ।
गाउँपालिकाअन्तर्गतका वडा नं. २ को रुप्से, ४ को झडेवा र ८ को बहादुरपुर स्वास्थ्यचौकीबाट सुत्केरी सेवा सञ्चालन भइरहेको छ। वडा नं. ३ र ८ मा तत्काल सुत्केरी सेवा सञ्चालमा ल्याउने तयारी छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’