Health TV Online
Health TV Online
Health TV Online

गर्भवतीलाई निःशुल्क आइरन र क्याल्सियम चक्की

गर्भवतीलाई निःशुल्क आइरन र क्याल्सियम चक्की

काठमाडौं : तारकेश्वर नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क आइरन र क्याल्सियम चक्की दिएको छ।

गर्भवती महिलाको स्वास्थ्य उपचारमा पहुँच पुर्याउन यो वर्षदेखि नगरपालिकाले निःशुल्क क्याल्सियम र आइरन चक्की दिने व्यवस्था गरेको हो।
तारकेश्वर नगरपालिकाको ११ वटै वडाको स्वास्थ्यचौकीबाट निःशुल्क आइरन र क्याल्सियम चक्की वितरण गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख अरुणकुमार गिरीले जानकारी दिए।

निःशुल्क आइरन र क्याल्सियम दिने व्यवस्था भए पछि गर्भ जाँच नगरी घरमै बस्ने गर्भवती पनि नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्यचौकी आउने गरेको प्रमुख गिरीले बताए। यो अभियानबाट अहिलेसम्म नगरपालिकाको ११ वटै वडाबाट ३०० गर्भवतीले सेवा लिएका छन्।

चार पटक नियमित रुपमा परीक्षणका लागि आउने गर्भवतीलाई हरेक पटक रु १०० समेत दिइने गरिएको छ। त्यस्तै सुत्केरी हुन स्वास्थ्य चौकीमा आउने महिलालाई यातायात खर्चस्वरुप दुई हजार रुपैयाँ दिनेगरिएको नगरपालिकाले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार