ओबामा उपहार बोकेर बालबालिकालाई भेट्न अस्पताल पुगे
नेपालमा भीभीआईको रवाफ हेर्नलायकको हुन्छ। राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका व्यक्ति ओहोरदोहोर गर्दा घण्टौँसम्म सडक अवरुद्ध पार्छन्। सर्वसाधारणलाई दुःख दिन्छन्।
पूर्व भइसकेकाहरूसमेत सरकारबाट ठूलै सुविधाको आश गर्छन्। तर, शक्तिशाली राष्ट्र अमेरिकामा दुई कार्यकालका लागि राष्ट्रपति भइसकेका बाराक ओबामा अवकाशपछि कहिले कलेजमा पढाउन जाने, कहिले आफ्नै ल फर्ममा काम गर्दै आएका छन्।
अमेरिकाका उनै पूर्वराष्ट्रपति ओबामा एकदिन अघिमात्रै बिरामी बालबालिकालाई भेट्न काँधमा उपहार बोकेर अस्पताल पुगेका छन्।

वासिंगटन डीसीस्थित बाल अस्पताल चिल्ड्रेन्स नेसनल अस्पताल पुगेर ओबामाले उपहार बाँडेका हुन्। ओबामाले सान्ता क्लजले लगाउने रातो फ्लपी टोपी लगाएका थिए भने काँधमा रातो बुट्टे झोलामा उपहार बोकेका थिए।
उनलाई अस्पतालमा उपहार बोकेर आएको देखेर बालबालिका, उनीहरूका अभिभावक र अस्पतालका कर्मचारी आश्चर्यचकित भएका थिए।
अस्पतालमा ९० मिनेट बिताएका पूर्वराष्ट्रपतिसँग बालबालिकाले सेल्फी लिए। उनले चिकित्सक तथा नर्ससँग भलाकुसारीसमेत गरेको वासिङ्टन पोस्टले लेखेको छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण