Health TV Online
Health TV Online
Health TV Online

पश्चिम नेपालमा छालाका रोगी बढ्दै, ६० प्रतिशतमा ‘टिनिया’

पश्चिम नेपालमा छालाका रोगी बढ्दै, ६० प्रतिशतमा ‘टिनिया’

बाँके : पश्चिम नेपालका जिल्लाबाट नेपालगञ्ज उपचारका लागि आउने छालाका बिरामी बढेका छन्। सरसफाइमा ध्यान नदिँदा सङ्क्रमणबाट ढुसी (फंगस) बढी देखा पर्ने गरेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका चिकित्सक डा. कुमार पोखरेलले बताए।

मेडिकल भाषामा ‘टिनिया’का नामले परिचित यो रोगले तराईका ६० प्रतिशत नागरिक प्रभावित भएका छन्। यसमा दुबी, दादलगायतका सबै रोग पर्ने चिकित्सकको भनाइ छ।

नेपालमा कुष्ठरोग छैन भन्ने दाबी गरिए पनि पश्चिम क्षेत्रमा कुष्ठरोग अत्यधिक देखिएको छ। नेपालगञ्जका ठूला भनिएका अस्पतालमा कुष्ठरोगका बिरामी अहिले पनि आइरहेका छन् । कुष्ठरोग अरु छालाको रोगसँग मिल्दोजुल्दो देखिने भएकाले अरु सामान्य सङ्क्रमण हो भनेर आफैँ औषधि प्रयोग गरिरहेको चिकित्सक बताउँछन्।

कतिपय बिरामी अस्पतालको पहुँच बाहिर रहनुका साथै जिल्लामा छालाका विशेषज्ञ चिकित्सकको अभावमा आफूखुशी मेडिकलमा गई मलहम किनेर लगाउने गर्छन्। हातखुट्टा झमझम गर्ने, नसा दुख्ने, लुलो हने भएपछि उनीहरू उपचारका लागि आउने गरेको भेटिएको भेरी अञ्चल अस्पतालले जनाएको छ।

नेपालगञ्जका अस्पतालमा कुष्ठरोगबाहेक अन्य छालाका सङ्क्रमणबाट हुने रोगी पनि आउने गरेका छन्। पहिलेभन्दा अहिले छालासम्बन्धी चासो लिएर जाँच गराउनेको सङ्ख्या बढेको छ। अहिले त नेपालगञ्जमा भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा छालाका विशेषज्ञ चिकित्सक पनि छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार