‘सरकारी अस्पतालमा सेवा, सुविधा विकास गर्न सरकार प्रतिबद्ध’
भक्तपुर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशभरका सरकारी अस्पतालमा सेवा, सुविधा र प्रविधिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मन्त्रालयले भक्तपुरको बोडेमा आयोजना गरेको दुईदिने राष्ट्रिय वार्षिक समीक्षामा मन्त्री यादवले गुणस्तरीय सेवा र अस्पतालमा भएको प्रविधिको विकास गर्न सके मात्रै बिरामीले पनि सेवा सुविधाबाट वञ्चित हुनुनपर्ने जानकारी धारणा राखे।
देशभर सञ्चालित अस्पताल र स्वास्थ्य चौकीमा कस्तो सेवा सुविधा प्रदान भइरहेको छ, त्यसको अनुगमन गरी समस्या भए छिट्टै समाधान गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे। मन्त्री यादवले स्वास्थ्य बीमाको प्रथम किस्ता तिर्नेको सङ्ख्या धेरै भएपनि दोस्रो किस्ता तिर्नेको सङ्ख्यामा कमी आउनुको कारण खोज्नु पर्ने बताए।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अस्पतालको सङ्ख्या वृद्धि गर्दै सेवा र सुविधाबाट कोही पनि बञ्चित नहुने गरी सेवा दिनु आवश्यक रहेको बताए।
कार्यक्रममा देशभरका जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय कार्यालय, प्रदेश कार्यालयलगायतका प्रतिनिधि र दातृ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण