प्रदेश ३ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु
मकवानपुर : प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भएको व्यवस्थाअनुसार मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेको हो।
मन्त्रालयले यस कार्यक्रमका लागि आबद्ध भएका १९ जना नर्सलाई ललितपुरस्थित पाटन अस्पतालमा तीनदिनको सेवा प्रवेश तालिम प्रदान गरी कार्यक्षेत्रमा पठाइएको हो। नीति तथा कार्यक्रममा २० जना नर्सलाई यस कार्यक्रममा आबद्ध गराइने भनिए पनि प्राविधिक कारणले एकजना केही समयपश्चात् पठाइने बताइएको छ।
मन्त्रालयकी कार्यक्रम संयोजक तथा पब्लिक हेल्थ नर्स मिलन घिमिरेका अनुसार नर्सहरूलाई प्रदेश ३ अन्तर्गतका १३ वटा जिल्लामा खटाइएको छ। नुवाकोट, धादिङ, ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक, चितवन र मकवानपुर का विभिन्न विद्यालयमा दुई\दुईजना रसुवा,भक्तपुर, काभ्रे, सिन्धुली, दोलखा र रामेछापमा एक\एकजना नर्स पठाइएको छ।
विद्यालयमा खटिएका नर्सहरुले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने काम गर्नेछन्। उनीहरूले स्वास्थ्यसम्बन्धी सम्पूर्ण विषयमा विद्यार्थीलाई जानकारी गराउने र विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागे उपचार समेत गर्नेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण