Health TV Online
Health TV Online
Health TV Online

कङ्गोमा एक बालिकाले जितिन् इबोला

कङ्गोमा एक बालिकाले जितिन् इबोला

कङ्गोमा एक बालिकाले इबोलामाथि जित हासिल गरेकी छिन्। आमा इबोलाबाट सङ्क्रमित हुँदा बालिकाको जन्म भएको थियो। उनलाई जन्म दिनेबित्तिकै  आमाको मृत्यु भएको थियो।

बालिकाको जन्म भएको केही दिनमा नै इबोलाका कारकहरू भेटिएका थिए भने उनलाई जीवित राख्न पाँच हप्ता  लागेको हो। उनी आफ्नो आमा–बुबाको पहिलो सन्तान हुन्।

उनको जन्म ३१ अक्टोबर २०१८ मा भएको थियो र उनलाई इबोला ट्रिट्मेन्ट सेन्टर, बेनीमा राखिएको थियो। उनी इबोलाबाट सङ्क्रमित भएकोमध्ये सबैभन्दा सानो उमेरकी बालिका हुन्। उनी ‘मिराकल अफ बेनी’ भनेर चिनिन्छन्।

इबोला एक प्राणघातक संक्रमण हो जसले ज्वरो, बान्ता हुने, डाइरिया र ‘इनटर्नल’ र ‘एक्सटर्नल ब्लिडिङ्’ हुने जस्ता समस्या हुन्छ।

सङ्क्रमण भएको करिब आधा बिरामीको मृत्यु हुने गरेके छ। कंगोमा अहिलेसम्म २७ बालबालिकामा इबोला पाइएको छ जसमा २१ जनाको मृत्यु भइसकेको छ।

थप समाचार