Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यचौकी भवन निर्माण

स्वास्थ्यचौकी भवन निर्माण

बागलुङ जिल्लाको तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ। विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पुर्याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ।

शहरी विकास तथा भवन कार्यालय बागलुङको दुई करोड १३ लाख २६ हजार रुपैयाँ लागतमा सो भवन निर्माण गरिएको हो। भवनको पूर्वाधार निर्माण सकेर शहरी विकास तथा भवन कार्यालयमार्फत स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई कात्तिक १४ गते हस्तान्तरणको भइसकेको गीता\अमित जेभी निर्माण सेवाका प्रतिनिधि थमबहादुर पुनले बताए।

हाल स्वास्थ्यचौकी नयाँ भवनमा स्थानान्तरण हुने अन्तिम तयारीमा रहेको स्वास्थ्यचौकीले जनाएको छ। हाल सेवा दिइरहेको भवनमा तमानखोला गाउँपालिकाको कार्यालय भएको कारण बिरामीलाई दिइने सेवा केही असहज थियो बोङ्गादोभान स्वास्थ्यचौकीका स्वास्थ्य सहायक राजनकुमार थापाले भने, ‘बिरामीलाई भौतिक संरचनाको अभावमा सेवा दिनुपर्ने बाध्यता नयाँ भवनमा गएपछि समाधान हुनेछ।’

तमानखोला गाउँपालिकामा पहिलोपटक प्रयोगशाला सेवा सञ्चालनमा ल्याएको स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरसमेत रहेको छ। १४ कोठाको भूकम्प प्रतिरोधी दुईतले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचारकक्ष, औषधि भण्डार, गर्भवती जाँचकक्ष, परिवार नियोजनकक्ष, क्षय तथा कुष्ठरोग कक्षको छुट्टाछुट्टै व्यवस्था गरिएको शहरी विकास तथा भवन कार्यालयका इञ्जिनीयर तेजेन्द्रप्रसाद शर्माले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार