जुम्ला पुग्याे एमबीबीएस सम्भाव्यता अध्ययन टोली
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ।
प्राध्यापक डा. गोविन्द केसीले एमबीबीएस कार्यक्रम सञ्चालनकाे माग गर्दै जुम्लामै अनशन बसेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीर अस्पतालका प्रा.डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलको टोली शनिबार जुम्ला आएको हो।
टोलीमा विश्वविद्यालय अनुदान आयोगका केदारप्रसाद आचार्य, शिक्षा मन्त्रालयका विष्णुप्रसाद मिश्र र कर्णाली प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले छन्। एमबीबीएस अध्ययन शुरु गर्दा आइपर्ने समस्या, चुनौती र सम्भावना अध्ययन गरी प्रतिवेदन तयार गर्ने र शिक्षा मन्त्रालयलाई बुझाउने कार्यदलको योजना छ।
टोलीले अस्पतालको गहनरूपमा निरीक्षण गरेको छ। टोली दुई दिन जुम्लामा बस्ने योजना रहेको छ। शिक्षा मन्त्रालयले खोजेका सबै पक्षलाई अध्ययन गरी प्रतिवेदन तयार गर्ने कार्यदलका संयोजक प्रा. डा. गिरीले बताए। कार्यदलले प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतसहित राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन तथा प्रतिष्ठानसँग बैठक बसी गहन रूपमा छलफल गरेको छ।
प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईँका अनुसार टोलीले यहाँ एमबीबीएस पढाइका लागि प्राध्यापक भर्ना गर्ने प्रक्रिया शुरु भइसकेको छ। आवश्यक पूर्वाधार तयारीमा जुटेको र आधारभूत विज्ञान प्रयोगशाला तथा पाठ्यक्रम तयार पार्ने काम भइरहेको उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण