सुत्केरीले पाउन छाडे यातायात खर्च
अर्घाखाँची : जिल्ला अस्पतालबाट विगत दुई महिनादेखि सुत्केरीले यातायात खर्च पाएका छैनन्। सुत्केरी भएकाले मात्र नभई नियमित गर्भवती जाँच गरेवापत पाउने पोषण भत्ता समेत गर्भवतीहरूले पाउन छाडेको जनाइएको छ।
सरकारले अस्पतालमा सुत्केरी गराएवापत दिँदै आएको यातायात खर्च जिल्ला अपस्ताल अर्घाखाँचीलाई दिन छाडेको हो। जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख डाक्टर जगनान्थ तिवारीले सरकारले नपठाएकाले रकम दिन नसकेको स्वीकार गरे।
कोषमा रकम नभएकाले रकम उपलब्ध गराउन नसकेको भन्दै प्रदेश सरकारलाई पत्राचार गरेको भए पनि बेवास्ता गरेको डाक्टर तिवारीले बताए। प्रदेश सरकारको खातामा भने रकम रहेको उनले दाबी गरे। ‘जिल्लाका मालारानी गाउँपालिका, भूमिकास्थानमा सुत्केरी रकम फ्रिज गएको खबर छ। यहाँ हामीलाई रकम अभाव छ’, डा. तिवारीले भने।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’