रकम अभावले नुवाकाेट दुर्घटनामा घाइतेकाे उपचारमा समस्या
नुवाकोट : दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा घाइतेको उपचारमा रकम अभाव भएको छ।
मिनीट्रकमा सवार यात्रुको बीमा नहुने र यातायात समितिमा समेत आबद्ध नहुँदा घाइतेको उपचारमा रकम अभाव भएको हो। केन्द्रीय सरकारमार्फत निःशुल्क उपचारको व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन्।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले शनिबार गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँ र प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पत्र लेख्दै घाइते भएकाहररू भौगोलिक विकट स्थानका गरिब समुदायका भएकाले उनीहरूका लागि निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरेका छन्।
१५ जना घाइतेको काठमाडौंको शिक्षण, बीपी स्मृति लगायत अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा २० जनाको मृत्यु भएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण