Health TV Online
Health TV Online
Health TV Online

अस्पताल भवन बनाउन जापानको सहयोग

अस्पताल भवन बनाउन जापानको सहयोग

काठमाडाैं : पश्चिम रुकुमस्थित चौरजहारी अस्पतालको आकस्मिक कक्ष निर्माणका लागि जापान सरकारले करिब ९५ लाख रुपैयाँ सहयोग उपलब्ध गरेको छ।

सहयोग सम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मिसिमाची साइगो र मानव विकास सामुदायिक केन्द्रका अध्यक्ष मिलन अधिकारीले हस्ताक्षर गरे। जापान सरकारको जीजीपी परियोजनाअन्तर्गत यो सहयोग उपलब्ध गराइएको नेपालस्थित जापानी दूतावासले जनाएको छ।

दैनिक करिब २०० बिरामी आउने उक्त अस्पतालमा हालसम्म आकस्मिक कक्ष नभएका कारण उपचारमा समस्या हुँदै आएको छ।

आकस्मिक कक्ष नहुँदा त्यस्ता बिरामीलाई सामान्य उपचार कक्ष तथा अन्य कोठामा उपचार गराउनुपर्ने बाध्यता छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार