Health TV Online
Health TV Online
Health TV Online

सुत्केरी महिलालाई तीन हजार भत्ता

सुत्केरी महिलालाई तीन हजार भत्ता

कावासोती : नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ। नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई  तीन हजार भत्ता प्रदान गर्ने भएको छ।

‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई तीन हजार रूपैयाँ प्रदान गर्ने निर्णय गरेको नगरपालिका प्रमुख छत्रराज पौडेलले जानकारी दिए।

‘हामीले नगरको नीति तथा कार्यक्रममा यसलाई समेटेका थियौँ’, नगर प्रमुख पौडेलले भने, ‘यसलाई कार्यान्वयनको प्रक्रियामा लाने निर्णय गरेका छौँ।’ नगरपालिका प्रमुख पौडेलका अनुसार सुत्केरी भत्ता लिनका लागि पितौजिघाट स्वास्थ्य चौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी भएको हुनुपर्नेछ।

सुत्केरी भत्तालाई भत्ताका रूपमा मात्रभन्दा पनि सबैले सुरक्षितरुपमा स्वास्थ्य स्वास्थ्य संस्थामा बच्चा जन्माउन भन्नका लागि कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख पौडेलले बताए। स्वास्थ्य संस्थामा चारपटक गर्भजाँच र सुत्केरीपश्चात् तीनपटक स्वास्थ्य परीक्षण गर्नेले मात्र यो सुविधा प्राप्त गर्ने नगरपालिकाले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार