मोरङका सबै स्थानीय तहमा ‘बर्थिङ सेन्टर’
विराटनगर : मोरङका सबै स्थानीय तहले ‘बर्थिङ सेन्टर’ (प्रसूति सेवा) सञ्चालन गरेपछि महिला र शिशुको मृत्यु न्यूनीकरणमा सहयोग पुगेको छ। मोरङका १७ वटै स्थानीय तहले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका हुन्।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि स्वास्थ्य संस्थामा उपकरण तथा शय्याको विस्तार गर्नाका साथै दक्ष स्वास्थ्यकर्मी राखेर सेवा सञ्चालनमा ल्याइएको हो। ‘वर्थिङ सेन्टर’ को सुविधाले ग्रामीण क्षेत्रका महिलाले आफ्नै स्थानमा सहज रूपले प्रसूति सुविधा पाउन थालेका छन्।
विगतमा ग्रामीण क्षेत्रमा सेवा सञ्चालनमा नहुँदा सामान्य प्रसूतिका लागि विराटनगरको कोशी अञ्चल अस्पताललगायत अन्य निजी नर्सिङहोममा आउने बाध्यता समेत अन्त्य भएको छ। स्थानीय निकायमा उक्त सेवा सञ्चालन भएपछि विपन्न वर्गका महिला बढी लाभान्वित भएका छन्।
धनपालथान गाउँपालिकाले ‘वर्थिङ सेन्टर’ मा प्रसूति गराएर पहिलो छोरी जन्माउने आमालाई पाँच हजार रुपैयाँका साथै नेपाल सरकारले दिँदै आएको रकममा थप पाँच सय प्रदान गर्ने निर्णयगरेको छ । बर्थिङ सेन्टरमा सुुत्केरी गराउने महिलालाई निःशुुल्क औषधि र अन्य सेवासमेत दिँदै आएको गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ऋषिराम सेठले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’