भक्तपुरका अधिकांश औषधि पसलमा बस्छन् फार्मेसी नपढेका व्यक्ति, हुँदैन कारबाही
भक्तपुर : जिल्लामा सञ्चालित अधिकांश औषधि पसलमा फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गर्ने गरेको पाइएको छ ।
भक्तपुर नगरपालिका बजार अनुगमन समितिले बिहीबार कमलविनायक र जगातिमा सञ्चालित औषधि पसल अनुगमन गर्दा अनुमतिपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेको पाइएको हो। कतिपय ठाउँमा पसल दर्ता एवं नविकरणसमेत नगरी सञ्चालन भएको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।
नगरपालिकाले गरेको अनुगमनमा हेलो जनस्वास्थ्य फर्माले नगरपालिकामा औषधि पसल भनेर दर्ता गरे पनि कर कार्यालय र औषधि विभागमा भने ‘हेलो जनस्वास्थ्य’ भनी फरक नाममा दर्ता गरेको पाइएको छ।
यस्तै कमलविनायक फर्माले दर्ता नविकरण नगरेको र अनुमतिपत्र नभएका व्यक्तिलाई औषधि बिक्री गर्न राखेको पाइएपछि अनुगमन टोलीले दर्ता नवीकरण गर्न र अनुमतिपत्र प्राप्त व्यक्तिलाई मात्रै पसलमा राख्न निर्देशन दिएको छ।
कमलविनायककै विनायक फर्माले नविकरण नगरेको र सरसफाइमा ध्यान नदिएको पाएको छ भने भक्तपुर हेल्थ कन्सर्नले ल्याबको मूल्यसूची नराखेको र क्लिनिकमा बस्नेको परिचयपत्रसहित अनुमतिपत्र प्राप्त नभएको पाइएको छ ।
ख्वप फार्मेसी एण्ड क्लिनिकले पसल नविकरण नगरेको, औषधि पसल र क्लिनिकको छुट्टाछुट्टै दर्ता नगरेको, ख्वप डाइग्नोष्टिक सेन्टरले ल्याब टेक्निसियनको प्रमाणपत्र नपाएकाले सो क्लिनिकलाई प्रमाणपत्र भएको व्यक्तिलाई मात्रै राख्न, पसल नविकरण गर्न, सरसफाइ गर्ने निर्देशन दिएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’