एम्बुलेन्स दु्र्घटनामा एकजनाकाे मृत्यु, एक घाइते
दैलेख : गुराँस गाउँपालिका–४ लाठेमा बिहीबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्समा सवार सैनेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ। दुर्घटनामा चालक गणेश खड्का घाइते भएका छन्।
घाइतेको खड्कालाई उपचारका लागि सुर्खेत लगिएको छ। बा २ झ १७४० नम्बरको एम्बुलेन्स सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी प्रमख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। बिरामीलाई कालिकोटबाट सुर्खेतमा पुर्याएर फर्किँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण