त्रिवि शिक्षण अस्पतालको निर्देशकमा प्रा. डा. प्रेम खड्गा नियुक्त
काठमाडाैं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको निर्देशकमा प्रा.डा. प्रेम खड्गा नियुक्त भएका छन्। त्रिवि कार्यकारी परिषदले खड्गालाई निर्रदेशक नियुक्त गर्ने निर्णय गरेको हाे।
यसअघि चिकित्साशास्त्र अध्ययन संस्थान आईओ एमका डीन प्रा.डा. जगदीश अग्रवालको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटिले वरिष्ठताको आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो ।
पहिलो नम्बरमा खड्गा, दोस्रो नम्बरमा प्रा.डा. वाइ पी सिंह र तेस्रो नम्बरमा प्रा.डा. सुशील शिल्पकार थिए।
गत साउन ४ गते तत्कालीन निर्देशक प्रा.डा. दिपकप्रकाश महराले राजीनामा दिएपछि शिक्षण अस्पताल अहिलेसम्म निमित्त निर्देशक को भरमा चलेको छ। निमित्त निर्देशकको जिम्मेवारी सहायक डीन मन्दिरा वन्तले पाएकी थिइन।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’