चिसो बढेसँगै बिरामीको सङ्ख्यामा वृद्धि
बाजुरा : चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको सङ्ख्या बढेको छ।
अस्पतालमा अहिले दिनहुँ ५० देखि ६० बिरामी आउने गरेका छन्। यसअघि दैनिक १० देखि २० को सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिए। जाडो बढेसँगै जिल्लाका विभिन्न ठाउँबाट दम, खुट्टा सुन्निने, पेट सुन्निने, निमोनियालगायत रोगका बिरामी उपचारका लागि आउने गरेका छन्।
चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। मङ्सिर दोस्रो सातापछि बाजुरामा चिसो निकै बढेको छ। जिल्ला अस्पतालका चिकित्सक डा. टीकाराम राईले जाडोको समयमा बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न सुझाव दिए।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण