आँखा अस्पताल हेटौँडालाई ८४ लाखको मेसिन सहयोग
हेटौँडा : रोटरी क्लबअफ हेटौँडाको पहलमा सामुदायिक आँखा अस्पताल हेटौँडालाई ८४ लाख मूल्य बराबरको उपचार मेसिन सहयोग प्रदान गरिएको छ।
रोटरी क्लब अफ अष्ट्रेलिया, तासमिनिया र ताइवानको सहयोगमा ८४ लाख ६० हजार मूल्य बराबरको आँखा जाँच गर्ने आधुनिक मेसिन अस्पताललाई प्रदान गरिएको हो।
सुगरका बिरामीको आँखाको उपचारमा सहयोग पुग्ने उद्देश्यले सो मेसिन प्रदान गरिएको हो। रोटरी क्लब अष्ट्रेलियाका जेम्सविल्कसले रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष लेखराज पोखरेललाई प्रदान गरेको उक्त मेसिन अस्पतालका चिकित्सक डा. सुनील थकालीलाई हस्तान्तरण गरिएको छ ।
२०६५ मङ्सिर ५ गते स्थापित सो अस्पतालमा दैनिक २५० भन्दा बढी व्यक्तिले आँखा परीक्षण गराउने गरेका छन्। सो अस्पतालबाट हालसम्म ७० हजार व्यक्तिले आँखा परीक्षण गराइसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण