चार करोड लगानीमा जडीबुटी खेती शुरु
गोरखा : गोरखा नगरपालिका–१४ स्थित गोर्वुङमा करिब चार करोड रूपैयाँ लागतमा जडीबुटी खेती शुरु गरिएको छ। आयुर्वेदिक औषधि बनाउन भारतीय बजारबाट आयात गर्नुपर्ने कच्चापदार्थ नेपालमै उत्पादन गर्ने उद्देश्यले जडीबुटी खेती शुरु गरिएको हो।
गोरखा आयुर्वेदिक कम्पनीलाई बिक्री गर्नेगरी वनस्पतिविज्ञ डा.खेमराज भट्टराईले गोरखा प्राङ्गारिक हर्बल फार्म दर्ता गरी जडीबुटी खेती शुरु गरेका हुन्। गोर्बुङमा करीब १०० रोपनी जग्गा खरीद गरेर ६० जातका जडीबुटी खेती शुरु गरेको र थप ३० जातका जडीबुटीको व्यावसायिक खेती गर्न सकिने भट्टराईले बताए।
उनले फार्ममा अमला, अशोक, मोरिङ्गा, दालचिनी, तेजपत्ता, कोइराला, निम्स, कालमेगलगायतका जडीबुटी लगाएका छन्। लेकमा सीमित जडीबुटी हुने तर गर्मी ठाउँमा बढी पाइने भएकाले खेतीका लागि उक्त ठाउँ छनोट गरिएको डा भट्टराईले बताए। उनीसँगै स्थानीय मणिध्वज जोशी, भगवतीकुमारी मैनाली उप्रेती र रामहरि सुवेदीले जडीबुटी खेतीमा लगानी गरेका छन्।
गोरखा आयुर्वेद कम्पनीले मात्रै भारतबाट वार्षिक करीब पाँच करोडभन्दा बढीको जडीबुटी आयात गर्ने गरेकाे बताइएकाे छ। यहाँ उत्पादित जडिबुटीले भारतीय कच्चापदार्थकाे आयात क्रमशः राेकिँदै जाने विश्वास लिइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण