त्रिवि शिक्षण अस्पताल पाँच महिनादेखि निर्देशकविहीन, सरकार मौन
काठमाडाैं : मुलुककै ठूलो र व्यस्त त्रिवि शिक्षण अस्पताल महाराजगंज निर्देशकविहीन भएपछि दैनिक प्रशासनिक तथा शैक्षिक तथा कार्य सम्पादन अस्तव्यस्त बन्न थालेको छ। गत साउन ४ गतेदेखि डा. दिपकप्रकाश महराले राजीनामा दिएपछि अस्पताल निर्देशकविहीन बनेको हो ।
त्यसो त दुई पटक सम्म सर्च समिटी बनाएर निर्देशक ल्याउने भनिए पनि पहिलो कमिटीले निर्देशक छान्न नसकेको भन्दै त्रिविका उपकूलपतिलाई जिम्मा लगाएका थिए । त्यसलगत्तै डीनको नेतृत्वमा ३ सदस्यीय सर्च कमिटी बनाएर कमिटीले नाम समेत सिफारिस गरिसकेको छ। तर आजसम्म पनि निर्देशक छान्ने काम भएको छैन।
‘यसअघि नर्सिङ विभागकी प्राध्यापक मन्दिरा वन्तलाई निमित्त निर्देशकको जिम्मोवारी दिइएको भए पनि अस्पतालका मुख्य एवं नीतिगत निर्णय हुन सकिरहेको छैन’, एक कर्मचारीले भने, ‘राजनीतिक आस्थाका आधारमा कुरा नमिल्ल्दा बिरामीले दुःख पाइरहेका छन्।’
यस विषयमा यता त्रिविका उपकुलपति प्राध्यापक तीर्थ खनियाँसँग कुरा गर्दा उनले आफूले काम गरिसेकेको तर रेक्टरले रोकेको प्रतिक्रिया दिए। उनले भने, ‘मैले त नाम पठाउनुस् भनिसकेँ। रेकटरले किन रोक्नुभएको हो, उहाँलाई नै सोध्नुपर्छ।’
यता चिकित्सक गाेविन्द केसीले बुधबार विज्ञप्ति निकालेर वरिष्ठताका आधारमा अस्पतालमा चाँडै निर्देशक नियुक्त गर्न माग गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण