Health TV Online
Health TV Online
Health TV Online

बागलुङकाे हटियामा स्वास्थ्यचौकीकाे नयाँ भवन

बागलुङकाे हटियामा स्वास्थ्यचौकीकाे नयाँ भवन

गलकोट : बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा हटिया स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको छ। जनतालाई सर्व–सुलभ तरिकाले स्वस्थ्य सेवा पुर्याउन सुविधा सम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ।

शहरी विकास कार्यालयको दुई करोड १६ लाख १७ हजार लागतमा सो भवन निर्माण गरिएको हो। नयाँ बाटो जुम्ली निर्माण कम्पनीले ठेक्कामार्फत २०७१ पुसमा उक्त भवन निर्माण थालेको थियो। स्वास्थ्यचौकीका प्रमुख तथा वरिष्ठ स्वास्थ्य सहायक दिलु सुवेदीका अनुसार अन्य वडाका स्वास्थ्यचौकीमा भन्दा यहाँ बिरामीको चाप धेरै हुने गरेको छ। हटिया स्वास्थ्यचौकीबाट गलकोट नगरपालिका–३ हटियालगायत छिमेकी वडाका बासिन्दाले सेवा लिँदै आएका छन्।

बर्थिङ सेन्टरका लागि छिमेकी वडा काँठेवास, दुदीलाभाटी तथा हरिचौरबाट समेत गर्भवती आउने उनले बताइन्। नयाँ भवनले सेवा प्रवाहमा निकै सहज हुने सुवेदीको भनाइ छ। भूकम्पप्रतिरोधी १७ कोठाको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार र औषधि भण्डार कक्षको छुट्टाछुट्टै व्यवस्था गरिएको शहरी विकासका इञ्जिनियर तेजेन्द्रप्रसाद शर्माले बताए।

थप समाचार