चुरोट सेवन बन्द गर्दा हुने फाइदाहरू

चुरोटको सेवन बन्द गरेकाे बेलादेखि नै स्वास्थ्यलाभ हुन थाल्छ। हृदयाघात र मष्तिष्काघातको सम्भावना चुरोट बन्द गरेको दिनदेखि नै घट्न थाल्छ।
यसले तपाइँलाई अन्य स्वास्थ्यलाभ पनि हुन्छ। क्यान्सर र फोक्सोसम्बन्धी रोगकाे सम्भावना पनि घटाउँछ। चुरोट बन्द गरेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै सेवन नगरेको व्यक्तिजत्तिकै हुने केही अध्ययनहरूले देखाएका छन्।
ब्रिटेनका चिकित्सकहरूले गरेकाे ५० वर्षकाे एउटा रोचक अध्ययनअनुसार चुरोट बन्द गरेको बेलाको उमेर ३५ देखि ४४ वर्षसम्को बिचमा हुँदा चुरोट बन्द गर्ने र कहिल्यै पनि चुरोट नखाने चिकित्सकहरू उत्तिकै वर्षसम्म बाँचे।
त्यसैले पहिला जति चुरोटको सेवन गरेको भए पनि यसलाई बन्द गर्न कहिल्यै ढिला हुँदैन।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा