जाडोमा आगो ताप्दा तथा हिटर बाल्दा अपनाउनुपर्ने सावधानी
हेल्थ टिभी अनलाइन \काठमाडौं : जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने तथा गिजरको प्रयोग गर्ने गरिन्छ । तर यसरी जाडोबाट बच्न गरिने उपायहरुमा सावधानी अपनाइएन भने ज्यानै समेत जान सक्छ । जाडो यामसँगै आगलागी तथा हिटर वा गिजरबाट हुने दुर्घटनाका घटना बाहिर आउने गर्छन । त्यसैले यस्ता उपाय अपनाउँदा विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।
आगो बाल्दा, हिटर ताप्दा तथा गिजरको प्रयोग गर्दा प्रयाप्त मात्रामा हावा ओहोरदोहोर गर्ने कोठामा मात्र प्रयोग गरौं । झ्याल ढोका पूरै बन्द गरेर आगा ताप्ने नगरौं । यसका साथै कोइला जन्य पदार्थबाट आगो नतापौं । आगो ताप्दा छिटो बल्ने कागज, कपडा जस्ता वस्तु आगो तथा हिटरको नजिक नराखौं । साथै आगो तापिसकेपछि आगोलाई पूर्ण रुपमा निभाऔं ।
हिटरको प्रयोग गर्दा एकैपटक लामोसम्म हिटर बाल्ने भन्दा पनि समय समयमा एक छिनका लागि बन्द गर्ने र फेरि अन गर्ने गरौं । आफू सुत्नुअििघ अनिवार्य रुपमा हिटर बन्द गर्ने गरौं । गिजरको प्रयाृग गर्दै हुनुहुन्छ भने मुख्य मेशिनलाई बाथरुम बाहिर खुला ठाउँमा राखौं ।
गिजर खोलेर लामोसमयसम्म बाथरुममा नबसौं । गिजरबाट तातो पानी भाडामा थापेर गिजर बन्द गरेर नुहाउँदा अझ राम्रो । यस्तो सावधानी सबैले अपनाउन जरुरी हुन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण