जाडोमा छाला सुख्खा हुनबाट जोगिन डा धर्मेन्द्र कर्णका १० टिप्स

हेल्थ टिभी अनलाइन : जाडो याममा हाम्रो छाला सुख्खा हुनु सामान्य हो । तर कसै कसैको छाला यति धेरै सुख्खा पर्छ की उनीहरुलाई औषधि तथा उपचारको आवश्यकता पर्छ । मौसम परिवर्तनको असर हाम्रो स्वास्थ्यमा परे जस्तै छालामा पनि यसको असर पर्छ र छालामा त्यसका लक्षणहरु देखिन थाल्छन्। समस्या गम्भीर हुनुभन्दा पहिले नै यसको स्याहार गर्न जरुरी हुन्छ । कतिपय व्यक्तिले छालाको स्याहार गर्न नसक्दा छाला बढी सुख्खा भएर चिरा पर्ने, चिलाउने र घाउ समेत हुने गर्छ । यस्तो हुनुभन्दा पहिले नै हामीले केही सावधानी अपनायौं भने जाडोमा छाला सुख्खा हुने समस्याबाट बच्न सक्छौं । ती सावधानी यसप्रकार रहेका छन्।
१. जाडोमा चिसो भयो भनेर बढी तातो पानीले ननुहाउने, मनतातो पानीको मात्र प्रयोग गर्ने ।
२. जाडोमा अनुहार यसै पनि सुख्खा भएको हुन्छ, त्यसैले फेस वासको प्रयोग नगरी पानीले मात्र मुख धुने ।
३. नुहाइसकेपछि पुरै शरीरमा तेल अथवा मोस्चराइजिङ क्रिम अनिवार्य लगाउने ।
४. वुलनको कपडा छालामा टाँसिने गरी नलगाउने, सकेसम्म भित्र सुतीको कपडा लगाउने ।
५. शरीरमा साबुन लगाउँदा धेरै नमिच्ने, धेरै मिच्दा छालाको पहिलो लेयर नष्ट हुन्छ र छाला अझ बढी सुख्खा हुन्छ ।
६. पुरै शरीर ढाकिने गरी कपडा लगाउने।
७. जाडोमा चिसो भयो भन्दै धेरैले पानी कम पिएको पाइन्छ । तर यो बेला अझ बढी पानी पिउनु पर्छ ।
८. हिटर वा आगो बाल्दा कोठामा हावा पास भए नभएको ख्याल गर्ने ।
९. जाडो महिनामा आगो वा हिटरको नजिकै बस्ने गरेको पाइन्छ । यसले डिहाइड्रेसन बढेर सुख्खापनको समस्या हुन्छ। आगो ताप्दा एक मिटर पर मात्र बस्ने ।
१०. यदि छाला बढी नै सुख्खा भएर घाउ समेत हुन थालेको छ भने चिकित्सकको सल्लाह लिने ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा