यस्तो छ टिमुरको औषधीय गुण
हेल्थ टिभी अनलाइन : टिमुरलाई अचारमा मसलाको रूपमा प्रयोग गरिन्छ । दानाकै रूपमा वा पिसेर धुलो प्रयोग गरिन्छ। खासगरी नेपालको पश्चिमी भूभागमा बढी उत्पादन हुन्छ, टिमुर। यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने हुन्छ।
यसलाई थुप्रै परिकारमा प्रयोग गर्न सकिन्छ। टिमुरको फललाई प्रशोधन गरी दन्तमञ्जन, साबुन, अत्तरको रुपमा रूपमा पनि प्रयोग गरिन्छ। साथै श्रृंगार सामग्री निर्माणमा पनि प्रयोग हुन्छ।
टिमुरलाई मसला मात्र नभई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।
औषधीय गुण
टिमुरको प्रयोगले दाँत दुख्ने जरो, अजिर्ण, हैजा आदि समस्या दूर गर्छ।
आँखाको दृष्टि कम भएका मानिसले नियमित रूपमा टिमुरको प्रयोग गर्दा लाभदायी हुन्छ।
कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा फाइदा पुग्छ। यसले भोक जगाउँछ।
न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्याउँछ।
टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडका लागि पनि निकै उपयोगी हुन्छ।
टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्छ। त्यस्तै, यसले पेटमा लाग्ने विभिन्न किरा तथा जुका मार्न सहयोग पुर्याउँछ ।
गाउँघरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मालिस गरिन्छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै