नुनसँग गाँसिएका गलत धारणा
हेल्थ टिभी अनलाइन : अत्यधिक नुनको सेवनले रक्तचाप बढाउँछ। स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ। नुनिलो खानेकुराहरूको प्रयोग सकेसम्म कम गर्नुपर्छ। उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी अपनाउनुपर्छ।
दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हुँदैन। तर नुन खाँदै नखानु वा अत्यन्त कम खानु उल्टै हानिकारक हुनसक्छ। नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन।
हाम्रो समाजमा नुनसँग धैरै गलत धारणाहरू गाँसिएका छन्। यसकारण कहिलेकाँही नुन कम खाएर बेहोश भई बिरामीलाई अस्पताल पुर्याउन परेको धेरै घटना हामीले पनि देख्ने गरेका छौं।
नुन धेरै नै कम खायो भने सोडियमका मात्रा रगतमा कम भएर मान्छे बेहोस हुनसक्छ। कहिलेकाँही नुनको कमीले सिकिस्त भएर बिरामीको ज्यान पनि जानसक्छ। घरमा सामान्य नुन हालेर खाना खान मिल्छ। मूलतः बढी नुनिलो खाना नखाने, खानामा नुन नथप्ने, लो सोडियम नुनको प्रयोग गर्ने आदि रक्तचाप नियन्त्रण गर्ने सरल उपाय हुन्।
नुनको सट्टामा मसला र कागतीको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन सकिन्छ।
मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलको ‘म पनि डाक्टर’ पुस्तकबाट :
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन