रुघाखोकीको घरेलु उपचार : यसरी गर्न सकिन्छ

काठमाडौं : मंसीर लागेदेखि अब चिसो बढ्न थालेको छ । चिसोका कारण सबै उमेर समूहका मानिसमा स्वास्थ्य समस्या देखिने गर्छ। विशेषगरी बालबालिका वृद्धवृद्धालाई चिसोले बढी असर गर्छ।
चिसो मौसममा सबैभन्दा बढी देखि समस्या हो, रूघाखोकी। चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाइ महसुस हुने लगायतका समस्या देखिन्छ।
चिसोबाट बच्न र रूघाखोकीबाट छुटकारा पाउनका लागि बजारमा पाइने औषधिभन्दा घरमा पाइने सामग्रीलाई औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। यस्ता घरेलु सामग्रीले रूघाखोकीबाट बच्न मद्दत गर्छ।
बेसार– हरेक दिन बिहान खाली पेटमा ३ ग्राम देखी ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिसाएर नियमित ३् ४ दिनसम्म लगातार सेवन गर्नाले रुघाखोकी सञ्चो हुन्छ।
तुलसीको पात– ४्५ वटा तुलसीको पात तातोपानीमा राखेर हरेक दिन बिहान खाली पेटमा सेवन गरे रुघाखोकीबाट बच्न सकिन्छ।
तुलसी र मह– तुलसीको ४्५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा पनि खोकी निको हुन्छ।
अदुवा र मह– अदुवालाई हल्का पोलेर महसँग मिसाएर नियमित सेवन गरेमा पनि रुघाखोकीबाट बच्न सकिन्छ।
ज्वानो, वेसार, अदुवा– ज्वानो, वेसार र अदुवालाई मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि रुघाखोकी निको हुन्छ।
रुदिलो– गाउँघरमा पाइने रुदिलो पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोबाट निम्तिने श्वासप्रश्वाससम्बन्धी समस्या पनि समाधान हुन्छ।
गुर्जोको लहरा– यसलाई थिचेर यसको रस नियमित सेवन गरेमा पनि रुघाखोकी, ज्वरोबाट बच्न सकिन्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा