महिनावारीमा खानुस् यी खानेकुरा
हेल्थ टिभी अनलाइन \काठमाडौं : महिनावारी महिलाहरूमा हुने नियमित प्रक्रिया हो। महिनावारी हुँदा कस्ता खानेकुरा खाने भन्ने जिज्ञासा आम महिलामा हुन्छ।
महिनावारीको समयमा शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन। प्रशस्त मात्रामा पिउनुपर्छ। गर्मीको समयमा अझ बढी ध्यान दिनुपर्छ।
आइरनयुक्त खाना जस्तै– कालो चना, साग, पालुङ्गो, हरिया सागपात, फलफूल र भिटामिन ‘सी’ प्रसस्त खानुपर्छ। आइरनले ‘हेमोग्लोबिन’ बढाउन मद्दत पुर्याउँछ जुन महिनावारीको समयमा अत्यन्त आवश्यक हुन्छ।
भिटामिन ‘सी’ ले दुखाइ र मांसपेशीमा हुने ऐठन कम पार्न मद्दत गर्छ। थकान कम हुन्छ।
यसैगरी मासंपेशीमा दुखाइ हुने महिलाले भारी खाना खानुहुँदैन। दही, बेसार, नपाकेको मेवा, घ्युकुमारी, अदुवा, जिरा र दालचिनीले पनि महिनावारीको समयमा महिलालाई राहत दिन्छन्। यसका साथै यो बेला आरामको पनि आवश्यकता पर्दछ ।
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद तोसिमा कार्कीको माग
क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न
गर्मीमा नरिवल पानी पिउनुका फाइदा
नेपाल विश्व स्वास्थ्य संगठनको ७९औं महासभाको उपाध्यक्षमा निर्वाचित
विश्व स्वास्थ्य सभामा महिला अधिकार र स्वास्थ्य न्यायको माग