मुटुरोगबाट बच्न के गर्ने ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : हाम्रो शरीरको महत्वपूर्ण अंग मुटुमा विविध कारणले विभिन्न खालका समस्या निम्तिन सक्छन्। यस्ता खालका समस्या आउन नदिन मुटुलाई हानी गर्ने आनीबानी तथा आहारविहारमा विशेष ध्यान दिन जरुरी हुन्छ । मुटुलाई स्वस्थ राख्न स्वस्थ जीवन शैली अपनाउनैपर्ने हुन्छ ।
मुटु स्वस्थ राख्न अपनाउनैपर्ने यी जीवनशैली :
– चुरोट सूर्ती सेवन नगरौँ । चुरोट सुर्ती मुटुरोगको प्रमुख कारक हुन्।
– जंक फुड अर्थात् प्याकेटका तयारी खाना र चिनी मिसाइएको पेय पदार्थ खान छोडौँ । यो मुटुरोगको दोस्रो ठूलो कारण हो।
– घरमै पकाएको खाना, ताजा फलफूल र हरियो सागपात खाने गरौँ।
–दैनिक ३० मिनेट व्यायाम गर्ने गरौँ।
–सकारात्मक व्यक्तित्वको निर्माण गरौँ। यसबाट तनाव कम हुन्छ।
– वर्षमा केही नभए पनि एकपटक स्वास्थ्य परीक्षण गराउने गरौँ। मुटुरोगका लक्षण हुँदैनन्। जाँचे मात्र पत्ता लाग्छ। रोग छ भने तुरुन्त उपचार गर्नुपर्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति