यात्रामा निस्किँदा अनिवार्य बोक्नुहोस् प्राथमिक उपचारका सामग्री
हेल्थ टिभी अनलाइन : तपाइँ हामी विभिन्न काम विशेष तथा घुम्न देश विदेश गइरहन्छौँ। यसरी घुम्न जाँदा धेरै कुरा याद गर्नुपर्ने हुन्छ। त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण हो, आफूलाई चाहिने औषधि।
हामी देशभित्र होस् या बाहिर जाँदा आफूले खाने औषधि साथमा लिएर जान बिर्सिन हुँदैन। घुम्न जाने ठाउँको मौसम र वातावरण जानी राख्नुपर्छ। वातावरणका कारण पनि बिरामी पर्न सक्ने सम्भावना हुन्छ। त्यसलाई मध्यनजर राख्दै त्यही बमोजिम योजना बनाउनुपर्छ।
यात्रामा निस्किँदा मौसम,वातावरण र खानेकुरा नमिलेर पनि बिरामी पर्ने सम्भावना हुन्छ। त्यसैले पनि यात्रामा निस्कदा हातखुट्टा दुख्ने, ज्वरो आउने,रुघाखोकी लाग्ने हुनसक्छ। त्यसै पनि प्राथमिक उपचारका सामग्री बोकेर हिँड्नुपर्छ।
खाना नमिल्दा पनि समस्या आउन सक्छ यस्तो अवस्थामा डाइजिन अथवा खाना पचाउने औषधि साथमा राख्दा राम्रो हुन्छ। आफूले नचिनेको ठाउँमा औषधि भेटिन्छ वा भेटिँदैन थाहा हुँदैन। त्यही ब्राण्डको औषधि नभेटिन पनि सक्छ। यात्रामा निस्किँदा यस्ता कुरामा ध्यान पुर्याउन सके यात्रा स्वस्थकर र सुखमय बन्न सक्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण